समाज


पूर्व र पश्चिम पहाडमा भारी वर्षाको सम्भावना

पूर्व र पश्चिम पहाडमा भारी वर्षाको सम्भावना

नेपालखबर
भदौ ४, २०७६ बुधबार २:१,

आज (बुधबार) पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार यतिबेला (बुधबार बिहान साढे ७ बजे) पश्चिम र मध्यका पहाड-तराई दुवै तथा पूर्वका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने पश्चिमका केही स्थानमा पानी परिरहेको छ।

दिउँसो देशका अन्य स्थानमा पनि मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना छ। पूर्व र पश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए। पानी पर्ने क्रम राति पनि जारी रहने मौसमविद् श्रेष्ठको अनुमान छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- ‘देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’

‘देशका पश्चिम तथा पूर्वी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ- ‘जसले गर्दा चुरेबाट बहने खोलाहरूको बहाव आकस्मिक रूपमा वृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले ती भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

महाशाखाले जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ४ गते बुधबार
दिउँसो : देशका अधिकांश स्थानहरूमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चटेयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ५ गते बिहीबार
दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पूर्वी तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ६ गते शुक्रबार
दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पूर्वी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad