के एल दुगड समुहले विराटनगर स्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामग्रीहरु वितरण गरेको छ।
कोरोना महामारीले गर्दा बसपार्क स्थित दैनिक ज्यालादारी मजदुरहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा वितरण गरिएको थियो।
हिजो मात्रै १०० जना मजदुरहरुलाई खाद्य सामग्री वितरण गरिएको थियो।

के एल दुगड समूहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ।
उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगन्ज स्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ।
साे सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन गृहमा जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ।

प्रतिक्रिया