राजनीति


एमाले कार्यदलमा भीम आचार्यको ‘इन्ट्री’

एमाले कार्यदलमा भीम आचार्यको ‘इन्ट्री’

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १३:३६,

पार्टीको आन्तरिक विवाद सुल्झाउन गठन गरिएको नेकपा–एमालेको कार्यदलमा नयाँ सदस्यको रुपमा भीम आचार्यको ‘इन्ट्री’ भएको छ।

ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा आज मंगलबार भएको कार्यदलको वार्तामा उनी सहभागी भएका हुन्।

एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल नेतृत्वको समूहबीच विवादका कारण पार्टी विभाजनको डिलमा पुगेपछि विवाद समाधानको प्रयासस्वरुप दुवै तर्फका नेता सम्मिलित गरी एक कार्यदल गठन गरिएको थियो।

सो कार्यदलमा ओलीतर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेकोमा अहिले रावलको ठाउँमा भीम आचार्य सहभागी भएका हुन्।

कार्यदल गठनपछि ओली पक्षले रावललाई पार्टीबाट निष्काशित गरेपछि उनले त्यस्तो वार्ताको कुनै औचित्य नभएको बताउने गरेका छन्। पन्त भने केहि दिनदेखि स्वास्थ्य समस्याका कारण संवादमा सहभागी हुन पाएका छैनन्।

यो पनिः एमालेका दोस्रो तहका नेताबीच समिट होटलमा वार्ता

आज समिट होटेलमा भएको वार्तामा ओली पक्षका नेम्वाङ, पौडेल, ज्ञवाली र रिमाल सहभागी छन् भने नेपाल तर्फबाट पाण्डे, भूसाल, विष्ट र आचार्य सहभागी छन्।

नेपाल समूहका नेतामध्ये रावल ओलीप्रति बढी आक्रामक छन् भने आचार्य सकेसम्म मिल्नुपर्छ भन्ने धारणा राख्ने गर्छन्।

उनले केहि दिनपहिले माधव नेपालले आयोजना गरेको आफूपक्षीय केन्द्रीय सदस्यहरुसँगको भर्चुअल बैठकमा ओली, नेपाल, झलनाथ खनाल लगायतका शीर्ष नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए।

नवाैं महाधिवेशनबाट सचिव निर्वाचित भएका आचार्य खनालनिकट नेता हुन्।

सोहि छलफलमा खनालले समेत ७० वर्ष कटेका नेताहरुले कार्यकारी जिम्मेवारीबाट विदा हुनुपर्ने बताएका थिए।

यो पनिः
झलनाथको प्रस्ताव- बुढाहरुको सनकमा पार्टी नचलाऊँ, कार्यकारी पद नयाँ पुस्तालाई दिऊँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad