समाज


भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १३:२९,

भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मंगलवार दिउँसो मृत्यु भएको छ। उनकी दिदी नदीमा बेपत्ता भएकी छन्। त्यस्तै एकजना घाइते भएका छन्।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन्। सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन्। उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ। बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad