समाज


लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १२:३९,

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका २ बस्ने २१ वर्षीय संजिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका ३ बस्ने २७ वर्षीय विप्लव बराल छन्।

ज ११ प २१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागुऔषध फेला परेको हो। त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
सुनसरी जिल्लाको भोक्राहा नरसिंह नगरपालिका ८ सिसुवा धरमपुरस्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले करीव १ सय केजी गाँजा बरामद गरेको छ।

सोही ठाउँको मकै बारीमा बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टीबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो। बरामद गाँजा नेपाल प्रहरीलाई बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .