दुई महिनाको अवधिमा पहिलोपटक भारतमा एक लाखभन्दा कम संक्रमित भेटिएका हुन्।
यसअघि ६६ दिन अगाडिबाट भारतमा दैनिक एक लाखभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका थिए।
यतिबेला भारतमा दैनिक संक्रमित दरको संख्यामा कमी आएको छ। यस्तै गएको २४ घण्टामा २ हजार १२३ जनाको कोरोनाको कारण मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ८९ लाखभन्दा बढी पुगेको छ। त्यस्तै मृतकको संख्या ३ लाख ५१ हजारभन्दा बढी पुगेको छ।

प्रतिक्रिया