स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा बढी रकम लिए अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।
सरकारले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च प्रति दिन सामान्यको ३५ सय, मध्यमको ७ हजार र गम्भीरको १५ हजार तोकेको छ।
विरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा अस्पतालले उक्त शुल्कमा अधिकतम ५० प्रतिशत थप गर्न पाउँछन्।
सो अनुसार भए नभएको अनुगमन गरि अन्यथा भएको पाइएमा नियमअनुसार कारबाहीको व्यवस्था गर्न सोमबारको मन्त्रिस्तरको निर्णय अनुसार मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय र समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।
सबै सरकारी अस्पतालहरु तथा मन्त्रालयले सेवा सम्झौता गरि सार्वजनिक गरेका अस्पतालमा नि:शुल्क उपचार हुने पनि मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया