मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ।
६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाईरसविरुद्धको खोप दिइने भएको हो।
मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको उनले जानकारी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।
पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए।
काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए।
जेष्ठ नागरिक सँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने पनि उनले जानकारी दिए। २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया