समाज


हिमालबाट सेनाले संकलन गर्‍यो २८ हजार किलो फोहोर

हिमालबाट सेनाले संकलन गर्‍यो २८ हजार किलो फोहोर

नेपालखबर
जेठ २२, २०७८ शनिबार १३:४४,

नेपाली सेनाले हिमालबाट २८ हजार किलो फोहोर संकलन गरेको छ। 'सेनाले सफा हिमाल अभियान' संचालन गरेर हिमालबाट फोहोर संकलन गरेको हो

सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी विभिन्‍न ६ वटा हिमालहरुको चैत्र ३१ गतेबाट जेठ १५ गतेसम्म सरसफाई गरेको थियो। उक्त अभियानबाट २७ हजार ६७१ किलो फोहोर संकल गरिएको नेपाली सेनाले जनाएको छ।

जसमा कुहिने २ हजार ५०५ केजी र नकुहिने फोहोर २५ हजार १६६ केजी छ। कुहिने फोहोर स्थानीय निकायलाई र नकुहिनी फोहोर रिसाइकलिङ एजेन्सीलाई सेनाले हस्तान्तरण गरेको छ।

उक्त अभियानको दौरान धवलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथा हिमालको क्याम्प ४ (८,००० मि) मा २ गरी जम्मा ४ वटा शव सेनाले फेला पारेको थियो।

सफाई अभियानमा सहयोग गर्ने सबैलाई उपरथी गोकुल भण्डारीले धन्यवाद दिएका छन्। अभियान अन्तर्गत नेपाली सेनाका ३ जनाले आमदब्लम हिमालको सफल आरोहण गरेका थिए।

सेनाले विश्व वातावरण दिवसका अवसरमा उक्त अभियानमा सहभागी सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad