समाज


धुलिखेल नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

धुलिखेल नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ४:२७,

काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

कोरोना महामारीको अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको मेयर अशोक ब्याञ्जुले बताए।

‘कोरोना सङ्क्रमितको अवस्था बुझ्ने, उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाका तथा सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै उनीहरुलाई स्वास्थ्य सामग्री र औषधि वितरणको कामसमेत सुरु गरेका छौँ,’ मेयर ब्यञ्जूले भने।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३११ पुगेको छ। धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा काभ्रेमा ३२५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा २७३ जना सङ्क्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ।

कुल सङ्क्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad