राजनीति


एमाले एकताको प्रयास गर्दा मविरुद्ध भ्रम फैलाइयो : गोकर्ण विष्ट

एमाले एकताको प्रयास गर्दा मविरुद्ध भ्रम फैलाइयो : गोकर्ण विष्ट

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ४:२३,

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीको एकता जोगाउन प्रयासरत आफूविरुद्ध दुष्प्रचार भइरहेको गुनासो गरेका छन्।

‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्,’ बिहीबार बिहान वक्तव्य जारी गरी उनले भेनका छन्, ‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्? समयले नै बताउला।’

तर उनले आफूविरुद्ध के भ्रम फिँजाइयो भन्ने कुरा उल्लेख गरेका छैनन्।

पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले एमाले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने आफ्नो अडान यथावत् रहेको पनि उल्लेख गरेका छन्।

‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ विष्टले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौं। अन्तिमसम्म लागिरहनेछौं। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।’

विष्ट माधवकुमार नेपाल पक्षका नेता हुन् भने अहिले पार्टी एकता जोगाउन प्रयासरत भनिएका दोस्रो तहका नेतामा उनी पनि संलग्न छन्। 

आज एकै दिन दुवै (ओली–नेपाल) पक्षले अलग अलग बैठक राख्न लागेका बेला नेता विष्टले आफूविरुद्ध भ्रम फिँजाइएको वक्तव्य जारी गरेका हुन्।

यी पनि : 

आज बिहान माधव नेपाल र अपराह्न केपी ओली पक्षका बैठक बस्दै

माधव नेपालले बोलाएको बैठक अवैध हो, कोही नजानू : ओली पक्ष

आफ्नै पक्षका नेताहरुको ढुलमुले व्यवहारबाट माधव नेपाल असन्तुष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad