फेसबुकमा स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पर्साको वीरगंज महानगरपालिका १० घडिअर्वाका २४ वर्षीय सौरभ साहलाई पर्सास्थित प्रहरीले पक्राउ गरेको हो।
उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा कारबाही हुने प्रहरीले जनाएको छ।
वीरगंज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको आरोप छ।
स्वास्थ्यकर्मीको जाहेरीको आधारमा प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको छ।
उनलाई ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया