कोरोना महामारी नियन्त्रणका लागि फ्रान्सले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
फ्रान्स सरकारले पठाएका स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।
पहिलो खेपमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क पठाएको छ।
युरोपेली युनियनको सिभिल प्रटेक्सन मेकानिजम उक्त सहयोग आएको हो।
यस अघि पनि युरोपेली युनियनका विभिन्न देशले नेपाललाई कोरोना महामारीविरुद्धका स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

प्रतिक्रिया