ad ad

समाज


पशु स्वास्थ्यकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न भेटेरिनरी एसोसियसनको माग

पशु स्वास्थ्यकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न भेटेरिनरी एसोसियसनको माग

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १०:५,

नेपाल भेटेरिनरी एसोसियसनले आफ्ना सदस्यहरुलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ।

एसोसियसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालसमक्ष मंगलबार विज्ञप्ति हस्तान्तरण गर्दै प्राथमिकताका आधारमा पशु स्वास्थ्यकर्मीलाई खोपको व्यवस्था गर्न माग गरेको हो।

‘नेपाल भेटेरिनरी एसोसियसन निरन्तर रुपमा जनस्वास्थयको प्रवद्धन, एक स्वास्थ्य अवधारणाको व्यवहारिक कार्यान्वयन र जुनोटिक रोग नियन्त्रण आदिमा नेपाल सरकारसँग सदैव सहकार्य गर्दै आएको’ अध्यक्ष डा. सितलकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एसोसियसनका अनुसार कोभिड महामारीको दोस्रो लहर व्यापक बन्दै गइरेहको अवस्थामा यसले व्यापक मानवीय क्षति पुर्‍याउँदै आएको र कृषकको घरदैलोमा पुगि दैनिक सेवा पुर्‍याउनुपर्ने पशु स्वास्थ्यकर्मीसमेत यसको चपेटामा परेका छन्।

२०७७ साल असार ७ गतेबाट भेटेरिनरी सेवालाई नेपाल सरकारले अत्यावश्यक सेवामा राखेको हुनाले सरकारी तथा निजी स्तरका भेटेरिनरी अस्पताल, क्लिनिक तथा प्रयोगशालाहरु निषेधाज्ञा अवधिमा समेत दैनिक सञ्चालन भई निरन्तर पशुस्वास्थ्य सेवा पुर्‍याइरहेका छन्।

एसोसिएसनले भनेको छ, ‘सधैँ अग्रपंतिम्मा रही पशुपन्छी उपचारमा खटिनुपर्ने, कतिपय अवस्थामा कृषकको घरदैलोमा नै पुगि खोप, उपचार तथा कृत्रिम गर्भाधान सेवा पुर्‍याउनुपर्ने अवस्थामा रहेका पशु चिकित्सकहरुलाई उच्च प्राथमिकतामा राखि आफ्ना सदश्यहरुलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोपको व्यवस्थाको लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .