ad ad

समाज


उपत्यकामा थपिए १२ सय ६३ संक्रमित

उपत्यकामा थपिए १२ सय ६३ संक्रमित

नेपालखबर
जेठ १७, २०७८ सोमबार १२:८,

पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ६३ नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ९०, भक्तपुरमा १ सय २१ र ललितपुरमा २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशैभर भने आज कुल ४ हजार ७ सय ६२ संक्रमित थपिएका छन्। आरटी पीसीआर र एन्टीजेनसहित कुल १७ हजार ४ सय ८० परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै आज कुल ६ हजार ४ सय ९१ जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या भने ११४ रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट हालसम्म नेपालमा ७ हजार ३ सय ८६ जनाको ज्यान गइसकेको छ। निको हुने दर नेपालमा ७९.७ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .