समाज


भेन्टिलेटरबाट फर्किए रमेश खरेल

भेन्टिलेटरबाट फर्किए रमेश खरेल

नेपालखबर
जेठ १७, २०७८ सोमबार ७:३३,

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल आज डिस्चार्ज हुने भएका छन्।

कोरोना संक्रमणका कारण उनलाई १८ दिनपहिले अस्पताल भर्ना गरिएको थियो।

संक्रमणबाट गम्भीर अवस्थामा पुगेका खरेलको नेपाल प्रहरी अस्पतालमा उपचार भएको हो।

उनलाई करिब ५ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। केही दिनपहिले साधारण वार्डमा सारिएका खरेललाई आजै डिस्चार्ज गर्ने तयारी भएको उनकी छोरी रोजा खरेलले जानकारी दिइन्।

आईजीपीको दौडमा रहेका खरेलले रोलक्रम मिचेर आईजीपी नियुक्त गरिएको भन्दै नेपाल प्रहरीको डीआईजीबाटै राजीनामा दिएका थिए।

एसएसपीसम्म पहिलो नम्बरमा रहेका खरेललाई डीआईजी बढुवामा पछि पार्दै सर्वेन्द्र खनाललाई सरकारले आईजीपी नियुक्त गरिएको थियो।

सोही कारण उनले एआईजी हुने अवसर समेत छाडेर डीआईजीबाटै राजीनामा दिएका थिए। खरेल पछिल्लो समय सामाजिक अभियानमा सक्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad