समाज


भारतमा घट्दै कोरोनाको प्रभाव, १ लाख ५२ हजार संक्रमित हुँदा २ लाख ३८ हजार संक्रमणमुक्त

भारतमा घट्दै कोरोनाको प्रभाव, १ लाख ५२ हजार संक्रमित हुँदा २ लाख ३८ हजार संक्रमणमुक्त

नेपालखबर
जेठ १७, २०७८ सोमबार ७:५,

गएको २४ घण्टामा १ लाख ५२ हजार ७३४ नयाँ संक्रमित थपिँदा सोही अवधिमा २ लाख ३८ हजार २२ कोरोनामुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अर्थात् भारतमा संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी छ। यस्तै गएको २४ घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आएको जानकारी दिएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ८० लाख ४७ हजार पुगेको छ भने त्यहाँ यतिबेला मात्र २० लाख २६ हजार सक्रिय संक्रमित छन्।

३ लाख २९ हजारको मृत्यु भइसकेका छन् भने २ करोड ५६ लाख ९२ हजार कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad