ad ad

समाज


वैकल्पिक विधिबाट एसईई परीक्षा गर्न बोर्डले माग्यो सरकारसँग अनुमति

वैकल्पिक विधिबाट एसईई परीक्षा गर्न बोर्डले माग्यो सरकारसँग अनुमति

नेपालखबर
जेठ १६, २०७८ आइतबार १२:४८,

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्न सरकारसँग अनुमति मागेको छ।

कोरोना महामारीका कारण एसईई परीक्षा रोकिएको थियो। अहिलेको अवस्थामा लिखित परीक्षा गर्न नसकिने भएकाले वैकल्पिक विधिका लागि अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए।

'अहिले हाम्रो लिखित परीक्षा लिने मात्र अभ्यास छ', पौडेलले भने, 'फरक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्नका लागि अनुमति मागेका छौै।'

बोर्डले शिक्षा मन्त्रालयलाई वैकल्पिक विधिको अनुमति माग्दै आज पत्र पठाएको हो। हिजो बसेको बोर्ड बैठकले वैकल्पिक विधिको अनुमति माग्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको थियो।

एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव समितिको प्रतिवेदनको आधारमा निर्णय गर्दै सरकारसँग अनुमति मागेको पौडेलले जानकारी दिए।

कक्षा १२ को परीक्षा संचालनबारे भने बोर्डले केही भनेको छैन। जेठ १३ गतेका लागि एसईई परीक्षा तोकिए पनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .