ad ad

समाज


क्यानडाको एक पुरानो विद्यालयमा २१५ बालबालिकाको सामूहिक चिहान भेटियो!

क्यानडाको एक पुरानो विद्यालयमा २१५ बालबालिकाको सामूहिक चिहान भेटियो!

नेपालखबर
जेठ १५, २०७८ शनिबार १३:११,

क्यानडास्थित एक पुरानो आवासीय विद्यालयमा २ सय १५ बालबालिकाको सामूहिक चिहान फेला परेको छ।

बीबीसीका अनुसार ती बालबालिका ब्रिटिस कोलम्बियामा सन् १९७८ मा बन्द भएको कमलुप्स इन्डियन रेसिडेन्ट स्कुलका विद्यार्थी थिए।

बालबालिकाको अवशेष फेला परेको जानकारी बिहीबार टेमलप्स टी क्वेपमेसी फर्स्ट नेसनका प्रमुखले दिएका हुन्।

प्रधानमन्त्री जस्टि ट्रुडोले यसलाई आफ्नो देशको लाजमर्दाे अध्याय भनेका छन्।

तिनको मृत्युको कारण पत्ता लगाउन अध्ययन भइरहेको छ। तर अहिलेसम्म केही खुलेको छैन।

ब्रिटिस कोलम्बियाको कमलुप्स सहरका सामुदायिक प्रमुख रोजने कासिमिरीका अनुसार प्रारम्भिक अध्ययनले त्यस्तो गम्भीर मानव क्षति भएको देखाएको छ, जुन कल्पना पनि गर्न सकिन्न। र, स्कुल प्रशासनले यस विषयमा आफ्नो कुनै दस्तावेजमा उल्लेख गरेको छैन।

१९औं र २०औं शताब्दीमा क्यानडामा यस्ता आवासीय विद्यालय आफ्नो देशका युवालाई जबर्जस्ती आफ्नो नियन्त्रणमा राख्न क्यानडा सरकार र धार्मिक प्रशासनले सञ्चालन गर्थे।

कमलुप्स इन्डियन रेसिडेन्ट स्कुल त्यतिबेला आवासीय सुविधासहितको सबैभन्दा ठूलो विद्यालय थियो। रोमन क्याथलिक प्रशासनअन्तर्गत सन् १८९० मा सुरु स्कुलमा सन् १९५० मा विद्यार्थीको संख्या ५ सयभन्दा बढी पुगेको थियो।

सन् १९६९ मा स्कुल प्रशासनलाई केन्द्र सरकारले आफ्नो मातहत ल्यायो र सन् १९७८ मा बन्द हुनुअघिसम्म स्थानीय विद्यार्थीका लागि आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको थियो।

टेमलप्स टी क्वेपमेसी फर्स्ट नेसनका अनुसार स्कुलको जग्गा सर्वेक्षणका क्रममा त्यति धेरै संख्यामा बालबालिकाको अवशेष फेला परेका हुन्।

कासिमिरीले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार यी बेपत्ता बालबालिकाको कुनै रेकर्ड राखिएको छैन। यसमा केही त ३ वर्षका समेत छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .