सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्।
साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए।
आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
जेठ १५, २०७८, शनिबार
प्रतिक्रिया