समाज


कुकुरमा पाइने ज्यानमारा क्यानाइन भाइरस मानिसमा पनि भेटियो

कुकुरमा पाइने ज्यानमारा क्यानाइन भाइरस मानिसमा पनि भेटियो

नेपालखबर
जेठ १५, २०७८ शनिबार १२:१४,

कुकुरमा पाइने ज्यानमारा कोरोना भाइरस मानिसमा पनि फेला परेको छ। मलेसियास्थित एक अस्पतालमा भर्ना गरिएका नियोनियाका ८ बिरामीमा उक्त भाइरस भेटिएको हो। वैज्ञानिकको भाषामा यसलाई क्यानाइन भाइरस भनिन्छ। अन्तर्राष्ट्रिय वैज्ञानिकको समूहले यो भाइरस पत्ता लगाएको हो।

यो भाइरस महामारी फैलाउनेभन्दा फर हो
वैज्ञानिकका अनुसार क्यानाइन भाइरस सार्स कोभ–२ भन्दा फरक हो। कोरोना भाइरसलाई चार भागमा विभाजन गरिएको छ– अल्फा, बिटा, गामा र डेल्टा। अहिले विश्वामा फैलिरहेको कोरोना बिटा समूहअन्तर्गतको हो। क्यानाइन भाइरसचाहिँ अल्फा समूहमा पर्छ। झन्डै ५० वर्षदेखि वैज्ञानिकलाई क्यानाइन भाइरसबारे जानकारी छ।

यसरी फेला पर्‍यो क्यानाइन भाइरस
रिपोर्टअनुसार हालै वैज्ञानिकले एउटा विशेष किसिमको परीक्षण विकास गरिरहेका थिए, जसबाट कोरोना भाइरस पत्ता लगाउन सकियोस्। त्यो परीक्षणको नाम हो– प्यान-कोभ टेस्ट। यो विधि प्रयोगका क्रममा ९२ नमुना जाँच गर्दा १० जनाको रिपोर्ट पोजिटिभ आयो। तीमध्ये ४ जनामा क्यानाइन भाइरस भेटिएको हो। अनुसन्धानका क्रममा अस्पतालमा यस्तो भाइरसवाला थप ४ बिरामी फेला परे।

क्यानाइन भाइरस मानिसका लागि कति खतरनाक?
वैज्ञानिकका अनुसार निमोनियाबाट पीडित ८ बिरामीमा क्यानाइन भाइरस भेटिएको हो, जसमध्ये ७ जना अन्य भाइरसबाट पनि संक्रमित थिए : एडिनोभाइरस, इन्फ्लुएन्जा र प्यारा इन्फ्लुएन्जा। 

वैज्ञानिक भन्छन् : यी सबै भाइरस निमोनियाका कारण बन्छन्, यसकारण बिरामी हुनाको कारण क्यानाइन भाइरस नै हो भन्नु गलत हुन्छ।

यसबाट महामारी फैलिने जोखिम कमै रहेको वैज्ञानिकको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad