समाज


शिक्षा र कृषि निर्देशनालयमा प्रदेश सरकारको छड्के

शिक्षा र कृषि निर्देशनालयमा प्रदेश सरकारको छड्के

नेपालखबर
भदौ २, २०७६ सोमबार १२:३२,

प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के निरीक्षण गरेको छ।

बुटवलस्थित मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले गरेको निरीक्षणका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये छ जना अनुपस्थित थिए। उपस्थित अन्य सबै कर्मचारी कार्यालयको पोशाकमा समयमै उपस्थित भएको पाइएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

त्यस्तै शिक्षा निर्देशनालयका २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारी कार्यालयको स्वीकृति लिएर पूरक परीक्षाका लागि विभिन्न १२ जिल्लामा खटिएको र अन्य सबै कर्मचारी समयमै उपस्थित रहेको कार्यालयका सूचना अधिकारी यमकान्त पाण्डेयले जानकारी दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .