समाज


६ हजार ९३९ जना संक्रमित थपिँदा ७ हजार २२६ निको भए

६ हजार ९३९ जना संक्रमित थपिँदा ७ हजार २२६ निको भए

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १०:४३,

नेपालमा गएको २४ घण्टामा ६ हजार ९३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

२० हजार ९९२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। २० हजार ४१४ पीसीआर परीक्षण गर्दा ६७१ र ५७८ एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यही अवधिमा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन्।

आज १०६ जनाको ज्यान गएको छ। यो संँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।

नेपालमा आजसम्म ५ लाख ४२ हजार २५६ जना संक्रमित भएकामा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad