समाज


भारतमा यास चक्रवात : करोडभन्दा बढी व्यक्तिको बिचल्ली, ३ लाखभन्दा धेरै घर ध्वस्त

भारतमा यास चक्रवात : करोडभन्दा बढी व्यक्तिको बिचल्ली, ३ लाखभन्दा धेरै घर ध्वस्त

नेपालखबर
जेठ १२, २०७८ बुधबार १४:२६,

अति शक्तिशाली सामुद्रिक आँधी (चक्रवात) ले भारतमा अहिलेसम्म करोडभन्दा बढी व्यक्ति पीडित भएका छन्। तीन लाखभन्दा बढी घर ध्वस्त भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीका कारण मन्दारमनीमा एक व्यक्तिको मृत्यु भएको जानकारी दिएकी छन्। उनका अनुसार बंगाल राज्यभर चक्रवातले करोडभन्दा बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन्।

बंगालका विशेषगरी पूर्व मेदिनीपुर जिल्लाका दीघा, शंकरपुर, मन्दारमनी दक्षिण २४ परगना जिल्लापछि बकखाली, सन्देशखाली, सागर, फ्रेजरगन्ज, सुन्दरवन आदिलगयात बंगालभर ३ लाखभन्दा बढी परिवारका घर तहसनहस भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बंगालको खाडीमा बनेको यास चक्रवात बुधबार भारतको पूर्वी तटमा बज्रिएको थियो। बंगालको जलपाइगुडीमा दिउँसो चक्रवात प्रवेश गर्ने क्रममा ३.८ म्याग्निच्युडको भूकम्पसमेत गएको थियो। यसपछि चक्रवात ओडिसा पुग्यो, जहाँ ठूलो वर्षा र आँधी सुरु भयो। यसअघि नै त्यहाँबाट एक लाखजति मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो।

यसपछि यासको प्रभावले झारखण्ड र बिहारमा ठूलो वर्षा भइरहेको छ। बंगाल र ओडिसाका अलावा बिहार, झारखण्ड, तमिलनाडु र कर्नाटकमा पनि चक्रवातको असर परेको छ।

यो पनि : भारतमा बज्रियो अति शक्तिशाली चक्रवात यास, नेपालमा धेरै ठूलो वर्षा र हावाहुरीको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad