नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेकाे गाडी दुर्घटनामा परेकाे छ।
गृहजिल्ला दाङ पुगेका अध्यक्ष पोखरेल चढेको प्रदेश ३-०१, ०२२ च ९२२६ नम्बरको कार दाङस्थित तुलसीपुर उद्योग वाणिज्य संघ नजिकै दुर्घटनामा परेको महासंघले जनाएको छ। अध्यक्ष पोखरेललगायत गाडीमा सवार सबै सकुशल छन्।
पोखरेलको गाडीलाई रा १ च ९५५ को स्कारपियोले ठक्कर दिएको थियो। पोखरेलसँगै सो गाडीमा रहेका महासंघ दाङ शाखाका सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको जनाइएको छ।
ठक्करबाटै दुइवटै गाडीमा क्षति पुगेकाे छ।
3
Shares

प्रतिक्रिया