समाज


प्युठानमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा फेला

प्युठानमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा फेला

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ६:४८,

प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन्।

प्युठान नगरपालिका १  मा आमासहित छोरा र छोरी झुण्डिएको अवस्थामा फेला परेको डिएसपी सुनिल मल्लले बताए।

वर्ष १ को सुशान्त सुनार, वर्ष ६ की प्रकृति सुनार र वर्ष २६ की गायत्री सुनार रातामाटा सामुदायिक वनमा मृत फेला परेका हुन्।

उनीहरु जंगलको एउटै रुखमा तीनवटा पासोले झुण्डिएको अवस्थामा फेला परेको मल्लले बताए।

उनी सोमबार करिब १ बजे घरबाट माइती जान्छु भनेर हिँडेकी थिइन्। उनका श्रीमान्  रोजगारीको शिलसिलामा भारतमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad