बेलायतमा गरिएको नयाँ अध्ययनमा दुवै खोप भारतीय भेरियन्टविरुद्ध प्रभावकारी देखिएको बीबीसीले जनाएको छ।
यी दुवै खोपको दुवै डोज लगाइएका व्यक्तिमा डबल म्युटेन्ट मानिएको भारतीय भेरियन्ट सर्ने सम्भावना अत्यन्तै कम हुन्छ।
भारतीय भेरियन्टविरुद्ध फाइजर तथा बायोएनटेकको खोप ८८ प्रतिशत प्रभावकारी भएको देखिएको छ।
दोस्रो डोज लगाएको दुई हप्तामा यो मात्राको प्रभावकारीता देखिएको हो।
साथै अस्ट्राजेनिका र अक्सफोर्ड खोप सोही अवधिमा ६० प्रतिशत प्रभावकारी देखिएको छ।
3
Shares

प्रतिक्रिया