समाज


अरुणखोलाले डाइभर्सन बगाउँदा १६ घण्टादेखि राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

अरुणखोलाले डाइभर्सन बगाउँदा १६ घण्टादेखि राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

नेपालखबर
भदौ २, २०७६ सोमबार ३:२८,

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा १६ घण्टादेखि यातायात अवरुद्ध भएको छ।

अरुणखोलास्थित पुल भाँचिएपछि विकल्पमा ह्युमपाइपमाथि राखिएको ग्राभेल बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।

बीच बाटामै गाडी रोकिएपछि त्यसमा रहेका हजारौं यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमका जंगलमा अलपत्र परेका छन्।

 प्रहरीका अनुसार आइतबार साँझ लगातार वर्षाका कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएको हो।

खाेलामा जल सतह घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गरिने बुटवलस्थित डिभिजन सडक कार्यलयले जनाएको छ।

६ दिनअघि अरुणखोलास्थित पुलमा ट्रक ठोक्किएपछि पुल भाँचिएकाे थियाे। त्यसपछि खाेलामा डाइभर्सन बनाएर वैकल्पिक बाटाे खुलाइएकाे थियाे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad