खेल


चेल्सी र लेस्टरको बराबरी

चेल्सी र लेस्टरको बराबरी

नेपालखबर
भदौ २, २०७६ सोमबार २:२,

चेल्सीको घरेलु मैदामा दुबैले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा लेष्टरका लागि एनडीडीले नै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। उनले कर्नरबाट आएको बलमा हेडिङ गर्दै गोल गरेका थिए।

बराबरीसँगै चेल्सीले नयाँ सिजनको २ खेलपछि पहिलो एक अंक जोडेको छ। यसअघि चेल्सी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग ४-० ले पराजित भएको थियो।

 लेष्टरको भने यो दोस्रो बराबरी हो। पहिलो खेलमा लेष्टरले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad