ad ad

समाज


२३ हजार २२६ जनामा परीक्षण गर्दा ८ हजार ६०७ संक्रमित थपिए

२३ हजार २२६ जनामा परीक्षण गर्दा ८ हजार ६०७ संक्रमित थपिए

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ११:५४,

गएको २४ घण्टामा नेपालमा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२३ हजार २२६ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन्।

आज ७ हजार ८९० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, यो अवधिमा १७७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ।

नेपालमा हालसम्म ४ लाख ९७ हजार ५२ जना संक्रमित भएकोमा ३ लाख ७४ हजार ८३६ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .