अब भारतमा देखा पर्न लागेको चक्रवात बंगालको खाडीमा निर्माण हुन लागेको हो।
भारतीय संचारमाध्यमका अनुसार भारतीय प्रायद्वीपको पश्चिततर्फ अरब सागरमा यो चक्रवात निर्माण भएको छ।
यसकै कारण भारतको तटीक्ष क्षेत्रमा ठूलो परिणाममा वर्षा भएको छ भने नेपालमा पनि लगातार पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात भएको छ।
भारतमा यो चक्रवातको खतरा नटरेसम्म नेपालमा पानी पर्ने सम्भावना रहिरहन्छ।
भारतीय मौसम विभागले शुक्रबारसम्ममा न्युन चापीय प्रणाली विकास हुने र शनिबार उत्तरी अन्डमान समुद्रमा यो चक्रवात आइपुग्ने प्रक्षेपण गरेका छन्।
सो चक्रवात बुधबार बेलुकीसम्म उडिसा र पश्चिम बंगालको तटसम्म आइपुग्ने बताइएको छ। नयाँ चक्रवातको नाम यास हुनेछ। यो ओमानले दिएको नाम हो।
मौसम विभागले त्यस क्षेत्रमा माझीहरुलाई बिहीबारबाट समुद्रमा नजान र माछा मार्न गैसकेकाहरुलाई आइतबारसम्म फर्किन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया