कोरोनाको प्रभाव घट्दै गएको भारतमा संक्रमित हुनेभन्दा निको हुने दर बढी छ।
सोही अवधिमा त्यहाँ ३ लाख ६९ हजार ७७ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच भारतमा कोरोनाबाट हुने मृतकको दर पनि घटेको छ। लगातार ४ हजारभन्दा बढीको मृत्यु हुँदै गरेको भारतमा गएको २४ घण्टामा ३ हजार ८७४ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५७ लाख ७२ हजार ४०० पुगेको छ।
यहाँ २ लाख ८७ हजार १२२ को मृत्यु भइसक्दा २ करोडभन्दा बढी कोरोनामुक्त भएका छन्।
यतिबेला भारतमा ३१ लाख २९ हजार सक्रिय संक्रमित छन्।
3
Shares

प्रतिक्रिया