सरकारले निशुल्क ‘कोभिड केयर युनिट’ सञ्चालन गर्नका लागि विभिन्न ३० अस्पताल तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी ३० वटा अस्पतालसँग ‘कोभिड–१९ केयर युनिट’ सञ्चालनका लागि सम्झौता गरेको जनाएको छ।
थप अस्पतालहरुसँग सम्झौता गर्ने र यस्ता केयर युनिटको संख्या बढाइने मन्त्रालयले जनाएको छ।
यी हुन् सरकारले तोकेका ३० अस्पताल
प्रतिक्रिया