अक्सिजन कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको विदुरका रामकृष्ण घिमिरे, मकवानपुरको हेटौँडाका नवराज खनाल र धादिङको कल्लेरीका रामशरण अधिकारी रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले एकथान सिलिन्डर, ४१ हजार रुपैयाँ र अक्सिजन कम्पनीबाट अक्सिजन भरेका रसिद बरामद गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए।
प्रहरी परिसर ललितपुरले १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डर ४१ हजार रुपैयाँमा बेचविखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजन अभाव भइरहेका बेला कृतिम अभाव सिर्जना गरेर बढी मूल्यमा बेचविखन गरेको प्रहरीको आरोप छ।
मंगलबार बेलुका महालक्ष्मीस्थानमा उनीहरुले ४१ हजारमा बेच्दै गरेको सूचनापछि प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया