समाज


काठमाडौं महानगरले सुझायो कक्षा ८ को वार्षिक मूल्यांकन विधि

काठमाडौं महानगरले सुझायो कक्षा ८ को वार्षिक मूल्यांकन विधि

नेपालखबर
जेठ ५, २०७८ बुधबार १०:१८,

काठमाडौं महानगरपालिकाले कक्षा ८ का विद्यार्थीहरुको वार्षिक मूल्यांकनका लागि मापदण्ड तय गरेको छ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने स्थिति नरहेको अवस्थालाई मध्यनजर गर्दै नगरस्तरीय परीक्षा समितिको बुधबार बसेको बैठकले मूल्यांकनको मापदण्ड तय गरेको महानगरले जनाएको छ।

त्यसका लागि कक्षा ८ सञ्चालन भइरहेका सबै विद्यालयहरुले शैक्षिक सत्र २०७७ को कक्षा ८ को वार्षिक मूल्यांकन पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थीको मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत, र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि/प्रक्रिया अपनाइ २० प्रतिशत मूल्यांकन गरिनेछ।

सो मूल्यांकन विवरण यही जेठ २५ गतेसम्म केएमसीडीओई डट ओआरजीमा पठाउन महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad