ad ad

समाज


कोरोनाबाट नराम्ररी प्रभावित भारतमा शक्तिशाली चक्रवातका कारण १२७ जना बेपत्ता

कोरोनाबाट नराम्ररी प्रभावित भारतमा शक्तिशाली चक्रवातका कारण १२७ जना बेपत्ता

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ८:३६,

मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ। मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो।

त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ।

सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ। भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ती प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ।

सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ। उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ।

मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो।

मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो। त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ।

भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ। कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।

कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेको भारत यतिबेला चक्रवातका कारण प्रताडित बनिरहेको हो। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .