सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै चीनबाट थप ६ सय ८० थान अक्सिजन सिलिन्डर नेपाल भित्रिएका छन्।
तातोपानी भन्सार कार्यालयबाट मंगलबार ६ सय थान सिलिन्डरसहितका स्वास्थ्य सामग्री पास भएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए।
४० लिटर क्षमताका ती सिलिन्डर आजै साँझ काठमाडौं आइपुग्नेछन्। यसअघि सोमबार १० लिटर क्षमताका २५ सय सिलिन्डर काठमाडौं ल्याइएको थियो।
यी सिलिन्डर चीनबाट नेपाली व्यापारीले ल्याएका हुन्। भन्सार कार्यालयले स्वास्थ्य सामग्री द्रुतगतिमा पास गर्ने व्यवस्था गरेको छ।
चीनबाट निरन्तर स्वास्थ्य सामग्री आइरहेकाले भन्सारमा चुस्त व्यवस्थापन गरिएको प्रमुख गौतमले बताए।
दोस्रो चरणको कोरोना उच्च जोखिममा देखिएपछि व्यवसायीले मास्क, स्यानिटाइजर, ग्लोब्स, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याएका हुन्।
सरकारले पनि चीनबाट १८ हजार अक्सिजन सिलिन्डर सोही नाका हुँदै स्थलमार्गबाट ल्याउने तयारी गरेको छ।
प्रतिक्रिया