समाज


बिरामीका आफन्तलाई अक्सिजन खोज्न लगाउने अस्पताललाई कारबाहीको चेतावनी

बिरामीका आफन्तलाई अक्सिजन खोज्न लगाउने अस्पताललाई कारबाहीको चेतावनी

नेपालखबर
जेठ ३, २०७८ सोमबार ११:३४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विरामी वा आफन्तलाई अक्सिजन लिएर आउ भन्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन जस्तो औषधिय विषय विरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहिँ कतै कसैले यस्तो गरेको छ भने नगर्न भनेको छ।

मन्त्रालयले अस्पतालमा पुगेका अक्सिजन सिलिन्डरहरु अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वत: जाने र सम्वन्धित व्यक्तिलाई उपलब्ध नगराउने व्यवस्था गर्न पनि अस्पतालहरुलाई भनेको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको छ। अक्सिजन अभावमा अस्पतालहरुले थप विरामी भर्ना गर्न नसक्ने भन्दै विज्ञप्तिसमेत जारी गरेका थिए।

अक्सिजन अभाव भएपछि विरामीका आफन्त सिलिन्डर लिएर अक्सिजन खोज्न हिँड्न बाध्य बनेका थिए।

सरकारले कोटा अनुसार अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराए पनि त्यसले धान्न नसकेको अस्पतालहरुको भनाई छ।

health ministry press3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .