समाज


कोरोनाका कारण गुमेको स्वाद र गन्ध थाहा पाउने शक्ति कति समयपछि फर्किएला?

कोरोनाका कारण गुमेको स्वाद र गन्ध थाहा पाउने शक्ति कति समयपछि फर्किएला?

नेपालखबर
जेठ २, २०७८ आइतबार १०:२८,

कोरोना संक्रमणका विभिन्न लक्षणमध्ये स्वाद र गन्ध थाहा नपाउनु पनि प्रमुख लक्षणमै पर्छ। तर यो शक्ति फेरि कति दिनमा फर्किन्छ त?

यस विषयमा भारतको दिल्लीस्थित सफदरजंग अस्पतालमा कार्यरत डा. रूपाली मलिकले बताएका छन्।

उनका अनुसार कोरोना संक्रमणका कारण स्वाद र गन्ध थाहा पाउने क्षमता गुम्यो भने यो कहिलेसम्म पुनः प्राप्त हुन्छ भन्ने कुनै निश्चित सयम हुँदैन। त्यस्तो धेरै समस्या छैन भने चिन्ता लिनुपर्दैन, यो समयसँगै फर्किन्छ।

डा. मलिक भन्छन्, ‘कहिलेकाहीँ स्वाद र गन्ध थाहा पाउने शक्ति फर्किन ३ देखि ६ महिनासम्म पनि लाग्न सक्छ। कमजोरी अनुभूति भइरहेको छ भने मल्टिभिटामिन र जिङ्कोभिट ट्याबलेट खान सकिन्छ। साथै ताजा र स्वस्थ खाना खाने क्रम जारी राख्नुहोस्। पानी प्रशस्त पिउनुहोस्।’ स्रोत : अमर उजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .