मध्यपूर्वका नेपालीले पठाएका अक्सिजन सिलिन्डर सरकारलाई हस्तान्तरण गरिएको छ।
शनिबार साँझ ओमानबाट नेपाल आइपुगेका ती सिलिन्डर आज विहान स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए।
ती सिलिन्डरहरु सुदूरपश्चिममा १ सय, कर्णालीमा १ सय, लुम्बिनीमा २ सय, प्रदेश २ मा ८५ र गण्डकीमा ७५ वटा पठाउने तयारी गरिएको उनले बताए।
'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान अन्तर्गत ती सिलिन्डर मध्यपूर्वमा रहेका नेपालीले पठाएका थिए।
६ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने पन्तले बताए।
प्रतिक्रिया