समाज


लमजुङमा पहिरोले घर भत्किँदा घाइते भएका बाबुछोरीको मृत्यु, आमाछोरीको अवस्था गम्भीर

लमजुङमा पहिरोले घर भत्किँदा घाइते भएका बाबुछोरीको मृत्यु, आमाछोरीको अवस्था गम्भीर

नेपालखबर
साउन १२, २०८३ मंगलबार ८:५१, काठमाडौँ

लमजुङमा गएराति घर पहिरोले भत्किँदा घाइते भएकामध्ये बाबुछोरीको मृत्यु भएको छ। 

मध्यनेपाल नगरपालिका–७ भाटबेसीँमा राति कुलो भत्किएर आएको बाढीको कारण पहिरो जाँदा घर भत्किएको हो। घटनामा एकै परिवारका चार जना घाइते भएका थिए। 

घाइतेमध्ये ५९ वर्षीय टीकाबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। 

पहिरोमा पुरिएर टीकाबहादुरकी पत्नी ५० वर्षीया शुकमाया विक र अर्की छोरी १६ वर्षीया अस्मिता विक गम्भीर घाइते भएकी छन्। 

उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको छ। 

गम्भीर घाइते बाबुछोरीको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामै मृत्यु भएको हो। 

विक परिवार विष्णु दत्त सुवेदीको दुईतले घरमा बस्दै आएका थिए। ढुङ्गा–माटोले बनेको कच्ची घर गएराति करिब अढाई बजे पहिरोमा परेको हो। 

घरमा सुतिरहेका चारजना पहिरोमा पुरिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा ११ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। 

उद्धार गरिएका चारै जनालाई सुरुमा प्रारम्भिक उपचारका लागि चिसंकू स्वास्थ्य चौकी, रामबजारमा लगिएको थियो। पछि थप उपचारको लागि उनीहरुलाई पोखरा लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad