समाज


दुर्घटनापछि जल्दै गरेको ट्रकबाट बाहिर निस्किए पनि बाँचेनन् चालक, सहचालक सकुशल

दुर्घटनापछि जल्दै गरेको ट्रकबाट बाहिर निस्किए पनि बाँचेनन् चालक, सहचालक सकुशल

नेपालखबर
साउन १२, २०८३ मंगलबार ९:१९, धनकुटा

धनकुटामा ट्रक दुर्घटना भएर आगो लाग्दा चालकको मृत्यु भएको छ। 

तमोर करिडोर सडक खण्डमा पर्ने धनकुटाको चौबिसे गाउँपालिका ४ फलामेटार प्रदेश १-०२-००१ क ५३६३ नम्बरको ट्रक दुर्घटनामा परेपछि आगलागी भएको थियो। 

आगोमा जलेर मृत्यु हुनेमा भोजपुरका ३० वर्षीय विशाल राई रहेका प्रहरीले जनाएको छ। 

ट्रकमा आगो लागेपछि उनी जलिरहेको ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको हो। 

सोमबार जलविद्युत् आयोजनाका उपकरण बोकेर विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भएर सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएको थियो। त्यसक्रममा अचानक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका ९ का १८ वर्षीय सञ्जीव संगौला भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। 

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेका थिए। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad