समाज


पहिरोले धन्सार पुरिँदा एकै परिवारका ४ जना घाइते

राति नै उद्धार गरेर पोखरा लगियो
पहिरोले धन्सार पुरिँदा एकै परिवारका ४ जना घाइते

नेपालखबर
साउन १२, २०८३ मंगलबार ८:२३, लमजुङ

लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते भएका छन्। 

मध्यनेपाल नगरपालिका–७ भाटबेँसीमा गएराति कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँएको हो। 

मङ्गलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि बाढी आउँदा स्थानीय विष्णुदत्त सुवेदीको ढुङ्गा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्किएको प्रहरीले जनाएको छ। 

धन्सारभित्र चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरेर प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पठाएको थियो।

मंगलबार बिहान थप उपचारका लागि उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक छन्। 

यो घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad