ad ad

समाज


नेपालमा स्वास्थ्य सामग्री पठाउन बेलायतमा सहयोग संकलन

नेपालमा स्वास्थ्य सामग्री पठाउन बेलायतमा सहयोग संकलन

नेपालखबर
जेठ २, २०७८ आइतबार ६:१९,

 गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन्।

नेपाली दूतावास लण्डनको संयोजनमा शनिवार साँझ (भर्रचुअल) माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो।

विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्।

पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मशिनको प्रतिबद्धता आएको जनाइएको छ।

करिब १ सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए।

उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्काल आवश्यक रहेको जानकारी दिए।

उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे।

रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टडसमेत गर्न सकिने जानकारी दिए।

संघका महासचिव डा. हेमराज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे। शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपालसम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .