समाज


मध्यपूर्वका नेपालीले पठाएका ५ सय ६० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगे

मध्यपूर्वका नेपालीले पठाएका ५ सय ६० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगे

नेपालखबर
जेठ १, २०७८ शनिबार १५:४०,

मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट पठाइएका ५ सय ६० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेका छन्।

सिलिन्डर लिएर नेपाल एयरलाइन्सको विमान साँझ ७ :३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

एनआरएनएले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान अन्तर्रगत ति सिलिन्डर पठाइएको हो।

देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख बराबरको रहेको छ।

मध्यपूर्वमा रहेका नेपालीहरुको पहलमा ओमानमा सिलिन्डर खरिद गरिएको एनआरएनका सचिव आरके शर्माले बताए। संकटको समयमा सहयोग गर्ने सबैलाई उनले धन्यवादसमेत दिए।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ। सिलिन्डर लिन नेपाल एयर लाइन्सको विमानले उडान भरेको थियो।

नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .