ad ad

समाज


कोरोना भित्रिन सक्ने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

कोरोना भित्रिन सक्ने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

नेपालखबर
जेठ १, २०७८ शनिबार ७:१३,

चीनले सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ।

चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै उत्तरी मोहडाबाट हुने आरोहण स्थगित गरेको हो।

नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै यस्तो निर्णय गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चिनियाँ खेलकुद प्रशासनले शुक्रबार आरोहण स्थगित भएको सूचना जारी गरेको थियो।

गत वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण भएको थिएन।

यस वर्ष नेपालले ४ सय ८ जना र चीनले ३८ जनालाई आरोहण अनुमति दिएको थियो।

चीनले सगरमाथाबाट कोरोना फैलिन नदिन विभाजन रेखा कोर्ने बताएको थियो।

तर नेपालमा संक्रमण तीब्र भएपछि यस सिजनको आरोहण नै स्थगित गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .