समाज


विवाह भोज खान जाँदा कोरोना संक्रमण, वृद्ध बाबुसँगै उमेरदार दुई छोराको पनि गयो ज्यान

विवाह भोज खान जाँदा कोरोना संक्रमण, वृद्ध बाबुसँगै उमेरदार दुई छोराको पनि गयो ज्यान

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ३:३३,

बागलुङको बडिगाड गाउँपालिका–४ मा कोरोना संक्रमणको कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ। उनीहरूको एक साताभित्रै मृत्यु भएको हो।

स्थानीयका अनुसार बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोजमा सहभागी भएकाहरुको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा बाबुछोरा छन्। एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोराको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ। यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ।

अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad