खेल


उपाधि होडमा रहेको रियलको शानदार जित, घरेलु मैदानमा ग्रानडा ४–१ ले पराजित

उपाधि होडमा रहेको रियलको शानदार जित, घरेलु मैदानमा ग्रानडा ४–१ ले पराजित

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ३:१५,

उपाधि होडमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगामा ग्रानडाविरुद्ध शानदार जित हासिल गरेको छ। ग्रानडाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले उसलाई ४–१ ले हराएको हो।

जितसँगै रियल मड्रिडले एथलेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ। रियलको ३६ खेलबाट ७८ अंक पुगेको छ। शीर्ष स्थानको एथलेटिकोको ८० अंक छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ।

गएराति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले समान एक गोल गरे। ग्रानडाका जर्ग मोलिनाले एक गोल फर्काए।

खेलको १७औं मिनेटमा मिगुइल गुइटेरेजको पासमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। इन्ज्युरी समयमा थप गरिएको पहिलो मिटेनमा मार्भिन पार्कले यान ब्रिस इटिकीलाई ट्याकल गर्दै खोसेको बललाई गोल गर्दै रियललाई २–० को स्थितीमा ल्याए।

खेलको ७१औं मिनेटमा ग्रानडाका जर्ग मोलिनाले गोल गर्दै खेलमा २–१ को अवस्थामा ल्याए। खेलको ७५औं मिनेटमा अल्भारो ओड्रिओजोलाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए। त्यसको एक मिनेटमा नै करिम बेन्जेमाले खाली पोस्टमा गोल गर्दै रियललाई ४–१ ले अघि बढाए।

गएराति नै भएको अन्य खेलमा भिल्लारियलले रियल भल्लाडोलिडलाई २–० ले हराउँदा आइबर र रियल बेटिसले एक/एक को बराबरी खेल्दै अंक बाडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad