नेपाली सेनाले गरिरहेको हिमाल सफाइका क्रममा फेरि मानव कंकाल फेला पारेको छ।
सफा हिमाल अभियान २०२१ अन्तर्गत सफाइमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प २ बाट बेस क्याम्पमा रि–प्याकिङको क्रममा मानव कंकाल फेला पारेको हो।
सेनाका अनुसार मान्छेको दायाँ हात र बायाँ पाखुराको हड्डी फेला परेको छ।
त्यसलाई सगरमाथा बेसक्याम्पबाट हेलिकप्टरमार्फत लुक्ला पठाइएको सेनाले जनाएको छ।
आवश्यक प्रक्रियाको लागि लुक्लामा रहेको इलाका प्रहरी कार्यालयलाई उक्त कंकाल बुझाइएको छ।
यसअघि पनि सेनाले हिमाल सफाइ गर्दा मानव कंकाल फेला पारेको थियो।

प्रतिक्रिया