समाज


एमाले नेता चौलगाईंको राष्ट्रिय झण्डा ओढाएर आर्यघाटमा अन्त्येष्टि

 एमाले नेता चौलगाईंको राष्ट्रिय झण्डा ओढाएर आर्यघाटमा अन्त्येष्टि

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ६:७,

 कोरोना संक्रमणबाट निधन भएका नेकपा एमालेका नेता पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

चौलागाईँको मंगलबार राति उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा निधन भएको थियो।

उनको शवमा राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ।

अन्तिम श्रद्धञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले बागमती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ता पुगेका थिए।

नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धञ्जली दिएका थिए।

हाल वागमती प्रदेश सभाका सांसद रहेका चौलागाईं कोरोना संक्रमण भई उपचाररत् थिए।

वागमती प्रदेश सभामा दोलखाबाट निर्वाचित भएका चौलागाईं यसअघि दोलखाबाटै प्रतिनिधि सभामा समेत निर्वाचित सांसद हुन्।
एमालेका पोलिटब्युरो सदस्य चौलागाईं युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका थिए।
पटक पटक जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका चौलागाईं अत्यन्त क्रियाशील र सरल जीवनशैली अपनाउने लोकप्रिय नेता हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad